वेष्ट इण्डिजविरुद्ध नेपालले पायो ३४० रनको विशाल लक्ष्य

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपालले ३४० रनको विशाल लक्ष्य पाएको छ ।
वेष्ट इण्डिजविरुद्ध आक्रामक सुरुवात गरेको नेपालले विशाल लक्ष्य पाएको हो । जिम्बाव्वेको हरारेमा टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३३९ रन बनाएको हो ।
सुरुवातमै शीर्ष क्रमका तीन ब्याटम्यानलाई सस्तैमा आउट गरेको नेपाली बलर मध्यक्रमका व्याटम्यानलाई आउट गर्न विकेटका लागि संघर्ष गर्नु परेको थियो ।
नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा मायर्सले आउट हुँदा १ रन मात्र बनाउन सके ।
पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चाल्र्सलाई गुल्सन झाले आउट गरे । गुल्सनको पहिलो बलमै आउट भएका चाल्र्सले खाता खोल्न सकेनन् ।
यस्तै, सन्दीप लामिछानेले १५.३ ओभरमा तेस्रो विकेटका रुपमा ब्रेन्डन किङलाई आउट गरे । उनी ३२ रनमा आउट हुँदा लामिछानेले प्रतियोगितामा पहिलो विकेट लिए ।
त्यसपछि वेष्ट इण्डिजका कप्तान साइ होप र निकोलस पुरन दुवैले शतकीय पारी खेले । उनीहरूले चौथो विकेटका लागि २१६ रनको साझेदारी गरे ।
पुरन ११५ रन बनाएर आउट भए । ४७.१ ओभरमा ललित राजवंशीले वेष्ट इण्डिजको पाँचौं विकेटका रुपमा रोभमन पावेललाई आउट गराए ।
यस्तै, ४९.२ ओभरमा ललितले वेष्ट इण्डिजका कप्तान होपलाई १३२ रन आउट गराए ।
इनिङ्सको अन्तिम बलमा ललितले कीमो पाउललाई बोल्ड आउट गराउँदै तीन विकेट लिए ।
















नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार
बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
प्रतिक्रिया