बुधबार, माघ २१, २०८२

ओखलढुंगामा पहिरोले ३ घर बगाउँदा २ को मृत्यु, २ बेपत्ता

मेरोन्यूज २०८० असार ८ गते ७:०३

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाएको छ । पहिरोमा परी २ जनाको मृत्यु भएको र २ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी पत्नी ३१ वर्षीय शिवमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डिएसपी दिपकबहादुर केसीले जानकारी दिए । केसीका अनुसार गुरुङका छोरा १० वर्षका दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको छ ।

पहिरोले त्यही ठाँउका बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाएको छ । परिवारका सदस्यहरु भने भागेर ज्यान जोगाउन सफल भएका प्रहरीले जनाएको छ ।

राति नै पअिरने गएमने स्थनमा प्रअरी पुगेर उद्धार र खोजी कार्या जारी राखेको छ ।

प्रतिक्रिया