नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाहमा उल्लेख्य प्रगति

काठमाडौँ । नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको छ ।
शुक्रबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा न्यु एराले सार्वजनिक गरेको सर्वेक्षणमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखिएको हो ।
सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपालीहरुको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखिएको नीति, योजना तथा अनुगमन महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलले बताए ।
उनले नेपाली महिलाहरुले बढ्दो संख्यामा मातृ स्वास्थ्य सेवा लिने गरेको सर्वेक्षणले देखाएको बताए । उनका अनुसार ९४ प्रतिशत गर्भवती महिलाले दक्ष स्वास्थ्यकर्मी, नर्स, अनमीबाट गर्भवती सेवा प्राप्त गरेको सर्वेक्षणले देखाएको छ ।
बच्चा जन्मेपछि १० मध्ये ७ महिला र नवजात शिशुलाई जन्मेको दुई दिनभित्र स्वास्थ्य जाँच गराइएको सर्वेक्षणले देखाएको छ । नेपालमा ५७ प्रतिशत विवाहित महिलाले परिवार नियोजनको साधन प्रयोग गर्ने, ४३ प्रतिशतले आधुनिक परिवार नियोजनको साधन वा विधि प्रयोग गर्ने र १५ प्रतिशतले परम्परागत विधि प्रयोग गर्ने गरेको सर्वेक्षणमा देखिएको छ ।
२०२२ एनडिएचएसमा नेपालले कूल प्रजनन दरलाई २.१ मा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको छ । विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको तथ्यांकले देखाएको छ ।
त्यस्तै पाँच वर्ष मुनीको बाल मृत्युदर उल्लेखनीय रुपमा घटेको सर्वेक्षणले देखाएको छ । पुड्कोपन पनि २०२२ मा २५ प्रतिशतमा
झरेको छ
त्यस्तै किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको जसमा १५ देखि १९ उमेर समूहका १४ प्रतिशत किशोरीहरु गर्भवती हुने अध्ययनले देखाएको छ ।
















सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया