साफ च्याम्पियनसिपमा आज भारतको सामना गर्दै नेपाल

काठमाडौं । नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अन्तर्गत भारतको सामना गर्दै छ । खेल भारतको बेंगलुरुस्थित श्री कान्तिभरा स्टेडियमामा नेपाल इसम्य अनुसार राति ७ः४५ बजेदेखि हुदैछ ।
नेपालले पहिलो खेलमा कुवेतविरुद्ध ३-१ को हार बेहोरेर प्रतियोगिताको शुरुवात खराब गरेको छ । त्यस्तै भारतले भने पहिलो खेलमा पाकिस्तानलाई ४-० गोलले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
नेपाल र भारतबीच अहिलेसम्म कुल २३ खेल भएका छन् । अहिलेसम्म भारतले १६ खेल जितेको छ भने नेपालले केवल २ खेल जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।
यस साफ च्याम्पियन्सिपमा ८ देशले भाग लिदै छन् । साफ देश श्रीलंका फिफाद्वारा सस्पेन्ड रहेकाले यस प्रतियोगितामा खेल्ने छैन । समुह ए मा नेपालसहित भारत, कुवेत र पाकिस्तान रहेको छ । त्यस्तै समुह बि मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । दुवै समुहका शिर्ष दुई देश सेमिफाइनल पुग्नेछन् ।
यसअघि १३औं संस्करणको साफ २०२१ मा माल्दिभ्समा भएको थियो । जहाँ नेपालले पहिलो पटक फाइनल पुग्दै इतिहास बनाएको थियो । तर उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो । त्यसअघि नेपाल २०११, २०१३ र २०१८ मा सेमिफाइनलबाट बाहिरिएको थियो ।
नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ भने माल्दिभ्सले २ पटक, बंगलादेश, अफगानिस्तान र श्री लंकाले एक एक पटक उपाधि जितेको छ ।














लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च
पत्नीको खुट्टा काटेर भागेका पति १४ दिनपछि पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया