महत्त्वपूर्ण खेलमा नेपाल सात विकेटले पराजित, विश्वकप छनोट यात्रा टुंगियो

काठमाडौँ । विश्वकप छनोट खेलमा नेपाल नेदरल्याण्ड्ससँग सात विकेटले पराजित भएको छ । सुपर सिक्समा छनोट हुने महत्त्वपूर्ण खेलमा नेपाल पराजित भएको हो ।
नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २७.१ ओभर खेल्दै तीन विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि सन्दीप लामिछाने दुई विकेट लिने भने गुल्सना झाले एक विकेट लिए ।
नेपालको ७ रन हुँदा ओपनर आशिफ शेखलाई शुन्यमै गुमाएको नेपालका ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेन । निरन्तर विकेट गुमाउने क्रममा नेपालले ४४.३ ओभरमा १६७ रन बनाउँदै अलआउट हुन पुग्यो ।
अन्तिम विकेटका रुपमा आउट भएका सन्दीप लामिछानेले २७ रन बनाए । नेपालका लागि कप्तान रोहितकुमार पोडेलले सर्वाधिक ३३ न बनाए ।
कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका लोगन भान बेकले सर्वाधिक चार विकेट लिए । बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट लिए ।
यो समूहबाट वेष्ट इण्डिज, जिम्बाब्वे र नेदरल्याण्ड्स सुपर सिक्समा पुग्दा नेपाल र अमेरिका बाहिरिएको छ ।
यसअघि नेदरल्याण्ड्ससँग भएको दुई खेलमा दुई देशले एक–एक जित निकालेको थियो । आजको महत्त्वपूर्ण खेलमा भने नेपाल पराजित भएको हो ।















एमाले कार्यकर्ता र प्रहरीबीच झडप
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च
पत्नीको खुट्टा काटेर भागेका पति १४ दिनपछि पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया