पशुपतिनाथमा सुनको जलहरीबारे अनुसन्धान गर्न जाँदै अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर जाँच्ने भएको छ ।
आयोगको टोली जलहरीको अनुगमनमा जाने भएसँगै पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न पुगेका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका बन्द गरी खाली गराइएको हो ।
जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि आयोगको टोली पशुपतिनाथ मन्दिर जान लागेको हो ।
पशुपतिनाथमा सुनको जलहरीबारे प्रतिनिधिसभा बैठकमा कुरा उठेको थियो । नेकपा माओवादी केन्द्रका एक सांसदले तत्कालीन केपी शर्मा ओली सरकारको नेतृत्वमा सुनको जलहरी लगाउँदा ११ किलो सुन घोटला भएको भन्दै प्रश्न उठाएका थिए ।
तर, आफ्नो पार्टी अध्यक्ष केपी ओलीमाथि गम्भीर आरोप लगाएको भन्दै नेकपा एमालेले संसदबाट उक्त रेकर्ड हटाएर प्रधानमन्त्रीले माफी माग्नु पर्ने अडान राख्दै संसद अवरोध गर्दै आएको थियो ।
एमालेको माग बमोजिम सभामुख देवराज घिमिरेले सुनको जलहरीबारे संसदमा ओलीमाथि उठेको प्रश्नको रेकर्ड हटाउन निर्देशन दिएका थिए । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उक्त विषय नभएको बताएका थिए ।
















Gold and silver prices up again
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती, २५० भन्दा बढी मानिसको मृत्यु
काठमाडौं– ८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
More than 250 people killed after separatist attacks in Pakistan: official
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया