कांग्रेस नेता आनन्द ढुंगानाका छोरा डा. अशेष न्याम्सको डिन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन विभागका संयोजक आनन्द ढुंगानाले आफ्ना छोरा डा अशेष ढुंगानालाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को डिनमा नियुक्ती दिलाएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई राजनीतिक दबाब दिलाएर उनले छोरालाई न्याम्सको डिन नियुक्त गराएको भन्दै विरोध भइरहेको छ ।
न्याम्सका सहकुलपति स्वास्थ्यमन्त्री बस्नेतले निकटस्थहरूलाई राजनीतिक प्रेसमा डा ढुंगानालाई डिनमा नियुक्त गर्नै पर्ने अवस्थामा आफू पुगेको बताउने गरेका छन् ।
न्याम्सका नवनियुक्त उपकुलपति डा भुपेन्द्र बस्नेतको सिफारिसमा डा ढुंगानालाई मन्त्री बस्नेतले डिन नियुक्त गरेका हुन्।
यसअघि वीर अस्पतालको मेडिसिन विभागमा प्रमुखको रूपमा कार्यरत डा. ढुंगाना सिनियर भए पनि कार्यक्षमता त्यति नभएको पात्रका रूपमा परिचित रहेको निकटस्थहरू बताउँछन् । विशेषगरी नेता आनन्द र चिकित्सक संघको दबाबमा ढुंगाना डिनमा फड्को मार्न सफल भएको भन्दै उनकै सहकर्मीहरूले नै विरोध गर्न थालेको बताइन्छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. बस्नेत नियुक्त भएका छन् । उनी पनि कांग्रेसी नै हुन् । यसअघि निमित्त कुलपति रहेका डा. बस्नेतले महंगो मूल्यमा वीर अस्पताललाई आवश्यक पर्ने भन्दै विभिन्न उपकरण किनेर प्रयोगमा नल्याएको आरोप लाग्दै आएको छ ।
यसैगरी, न्याम्सको रेक्टरमा डा. लोचन कार्की नियुक्त भएका छन् । उनी कांग्रेस निकट नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष हुन् । रजिष्ट्रारमा डा. ज्ञानेन्द्र शाह नियुक्त भएका छन् ।
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया