भारतीय प्रहरीको गोली लागेर सर्लाहीमा बसोबास गर्ने दुई नेपालीको मृत्यु

काठमाडौँ । भारतीय प्रहरीको गोली लागेर सर्लाहीका दुई युवाको मृत्यु भएको छ । चार जना घाइते भएका छन्।
भारतीय प्रहरीको गोली लागेर सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्बासका झण्डै ४५ वर्षका राजेश पासवान र रुमाले पासवानको मृत्यु भएको छ । घटनामा घाइते हुने पनि पुनर्वासकै रहेका स्थानीयहरू बताउँछन् ।
नेपालको सुरक्षा निकायले मृतक र घाइतेको विषयमा आधिकारिक जानकारी नआएको जानकारी दिएको छ । आइतबार राति बारा जिल्ला नजिकै पर्ने भारत पूर्वी चम्पारणको घोडासहन क्षेत्रमा भारतीय प्रहरीले गोली चलाएका थिए।
बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले डकैतीमा संलग्न समूहमाथि भारतीय प्रहरीले गोली चलाएको जानकारी पाए पनि घटनाको आधिकारिक जानकारी आफूहरूलाई प्राप्त नभएको बताए । घटनामा घाइते भएका र मृत्यु भएकाहरू सर्लाहीका रहेको आफूले सुनेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले पनि आधिकारिक जानकारी आइनसकेको बताएको छ ।
डकैती गर्ने समूहले गोली चलाएपछि जवाफी कारवाही गरेको भारतीय प्रहरीले बताएको छ ।
















तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री
म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा
Gold and silver prices up again
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती, २५० भन्दा बढी मानिसको मृत्यु
काठमाडौं– ८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया