ललिता निवास जग्गा प्रकरण : ४ जनालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
मेरोन्यूज
२०८० असार १३ गते १७:४४

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारजनालाई थप अनुसन्धान गर्न ७ दिनको म्याद थप भएको छ। काठमाडौं जिल्ला अदालतले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ, तत्कालीन भक्तपुर मालपोल कार्यालयका कर्मचारी सुधीर शाह,मालपोल कार्यालयका कर्मचारी धर्मप्रसाद गौतम र मालपोतकै अर्का कर्मचारी गोपाल कार्कीलाई ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ गरेको थियो।
सो प्रकरणमा सीआईबीले ७ जनालाई पक्राउ गरेको थियो। ७ जना पक्राउ परेपनि ३ जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि उनीहरुलाइ छाडिएको थियो ।
सम्बन्धित
















म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा
Gold and silver prices up again
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती, २५० भन्दा बढी मानिसको मृत्यु
काठमाडौं– ८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया