बक्र इद पर्वले राष्ट्रिय एकतालाई थप सबल बनाउँछ : अध्यक्ष अन्सारी

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इद–उल अजहा (बक्र इद) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता र धार्मिक सहिष्णुतालाई थप सबल र सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
इद–उल अजहा (बक्र इद) का अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष अन्सारीले यो पर्वले विकासको मार्गमा अघि बढ्न र ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना साकार पार्ने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । १४४४ जिल–हिज्जाको १० तारिखमा मुस्लिम समुदायले मनाउने इद–उल अजहा (बक्र इद) हर्षोल्लासमय वातावरणमा तीन दिनसम्म मनाइने ठूलो चाड हो ।
यस चाडका अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने गरिन्छ । यस पर्वमा बिहान सबेरै उठेर स्नान गरी शुद्ध हुने र खुला स्थान, इदगाहा वा मस्जिदमा गई इद–उल अजहाको नमाज पढ्ने र एकआपसमा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान पछि आआफ्नो घरमा गई कुर्वानी गर्ने गरिन्छ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया