बाघको छाला र हड्डीसहित तीन जना पक्राउ
मेरोन्यूज
२०८० असार १५ गते २१:०५
काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका ११ बाट बाघको छाला र हड्डीसहित पक्राउ परेका तीन जनालाई आज प्रहरीले जिल्ला वन कार्यालय बाँकेलाई बुझाएको छ ।
उनीहरूलाई हिजो प्रहरीले कोहलपुर नगरपालिकामा जाँच गर्ने क्रममा पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा दैलेखको ठाटीकानडा गाउँपालिका ४ घर भएका सुनील चुनारा, सोही जिल्ला भगवती गाउँपालिका ५ का नवीनकुमार कसेर र अछामको पञ्चदेवल गाउँपालिका २ का टोपेन्द्र शाही रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
नेपाल प्रहरीको लुम्बिनी प्रदेशको विशेष टोलीले बाघको छाला र हड्डीको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको थियो । जिल्ला वन कार्यालयले त्यसको अनुसन्धान भइरहेको जनाएको छ ।
सम्बन्धित
















अफगानिस्तानमा सन् २०२५ मा बारुती सुरुङ विस्फोटबाट ८७ जनाको मृत्यु,३ सय भन्दा बढी घाइते
नेपाल लाइफद्वारा इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक
नेशनल लाईफ इन्स्योरेन्सद्वारा ३ दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न
सामसङ नेपालले घोषणा गर्यो होलीको अफर
चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया