बुधबार, माघ २१, २०८२

रौतहटमा आमा-छोरी मृत फेला, श्रीमान् र ससुरा फरार

मेरोन्यूज २०८० असार १६ गते ११:२५

रौतहट । मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा २४ वर्षीया महिला र २ वर्षीया बालिका मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ वर्षीया माला भन्ने कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी मृत फेला परेक हुन्। वालिका आरुही कुमारीको लास पङ्खामा झुन्ड्याइएको अवस्थामा र कविताको लास घरबाट बाहिरिने सिँढी मुनि फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताए ।

घटना गए राति तीन बजेको भए पनि हत्या या आत्महत्या यकिन गर्न नसकिएको प्रहरी उपरीक्षक बुढामगरले बताए।

यता मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साहसहित परिवार घटनापछि फरार भएका छन्।

घटना सम्बन्धमा अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया