सेयर बजार २१ अंकले घट्याे
मेरोन्यूज
२०८० असार १८ गते १५:१९

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्शे परिसूचक २१ दशमलव ३२ प्रतिशतले घटेर २०७५ दशमलव ९७ को विन्दुमा झरेको हो ।
सोमबार कुल ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँको शेयर कारोबार हुँदा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
बजार घट्दा आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सार्वधिक कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य १ हजार २८९ रुपैयाँ कायम भएको छ ।
साथै, बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य १ हजार ५५४ रुपैयाँ कायम भएको छ । यस्तै सिटि होटलको शेयर भने ९.९८ प्रतिशतले वृद्धि भएको छ भने प्रति शेयर मूल्य ५०८ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित
















नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने
भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ
कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया