आइतबार, चैत १५, २०८२

इमर्जिङ कपका लागि पवन सर्राफ टोलीमा समावेश

मेरोन्यूज २०८० असार २५ गते ८:०८

काठमाडौं । श्रीलंकामा यही जुलाई १३ देखि २३ सम्म हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि पवन सर्राफ नेपाली टोलीमा समावेश भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार बिहान पवन सर्राफलाई टिममा राखिएको जनाएको छ । क्यानले आरिफ शेखको स्थानमा पवनलाई टिममा राखिएको जानकारी दिएको हो ।

आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका थिए ।

क्यानले एसीसी इमर्जिङ टिम्स एसिया कपमा अनुभवी खेलाडीद्वय ज्ञानेन्द्र मल्ल र करण केसीलाई आराम दिएको छ । सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ग्लोबल टी–२० क्यानडा लिग खेल्न जाने भएकोले टिममा राखिएको छैन ।

इमर्जिङ टिम्स कपको लागि क्यानले सोमबारै नेपाली टोलीलाई बिदाइ गर्दैछ । बिहीबारदेखि हुने इमर्जिङ कपमा नेपाल समूह बी मा छ । यस समूहमा भारत र पाकिस्तानको ए टिमसँगै यूएई पनि छ ।

नेपालले जुलाई १४ मा पाकिस्तान ए सँग पहिलो खेल खेल्नेछ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, सोमपाल कामी, देव खनाल, भीम शार्की, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, किशोर महतो, प्रतिश जिसी, पवन सर्राफ, सन्दीप जोरा, सूर्य तामाङ, श्याम ढकाल

प्रतिक्रिया