क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरणको जवाफ

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोधेको तीन दिने स्पष्टीकरणको जवाफ बुझाएका छन् ।
गत शुक्रबार मन्त्रालयमा कार्यालय समयको अन्तिम घडीमा अधिकारीले स्पष्टीकरणको जवाफ दर्ता गरेका मन्त्री सुदन किरातीले जानकारी दिए ।
मन्त्री किरातीले महानिर्देशक अधिकारीले बुझाएको प्रष्टीकरणबारे अध्ययन भइरहेको जानकारी दिए ।
मन्त्रालय अधिकारीले बुझाएको स्पष्टीकरण चित्त नबुझे थप एक्सनमा जाने तयारीमा छ ।
असार ११ गते किरातीले अधिकारीलाई एक हप्ताको समय दिँदै ९ बुँदै स्पष्टीकरण सोधेका थिए । तर, अधिकारीले त्यसको जवाफ दिन अस्वीकार गरेपछि असार २१ मा तीन दिने स्पष्टीकरण सोधेका थिए ।
पहिलो प्रष्टीकरणको जवाफ नदिएका अधिकारीले दोस्रो प्रष्टीकरणको भने जवाफ दिएका हुन् ।
महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए ।

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया