पाँच प्रदेशमा वर्षात हुने

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको ल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक) अवस्थित रहेको छ।
अहिले मुलुकभर आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ।
दिउँसो देशभर पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति देशभर पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश, कोशी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
महाशाखाले मेघगर्जन र चट्याङले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुने तथा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

















काठमाडौं संसारकै तेस्रो वायु प्रदुषित शहरमा
आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
प्रतिक्रिया