मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको ‘लामाजुरा’बाट सम्पर्कविहीन
मेरोन्यूज
२०८० असार २६ गते ११:२१

काठमाडौं । लुक्लाबाट काठमाडौंतर्फ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
लुक्लानजिकै सुर्कीबाट १०ः०५ मा उडेको हेलिकप्टर १०ः१३ बाट सम्पर्कविहीन भएको जानकारी आएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले मेरोन्यूजलाई जानकारी दिए ।
उडेको करीब ८ मिनेट १०ः१३ सम्म सम्पर्कमै रहेको हेलिकप्टर त्यसपछि सम्पर्कविहीन रहेको प्रजिअ भट्टराईले बताए । लामाजुरा भन्ने स्थानसम्म लुकलाको सम्पर्कमा रहेको तथा त्यसपछि काठमाडौँको टावरमा सम्पर्कमा नआएको प्रजिअ भट्टराईले बताए ।
हेलिकप्टरमा चालकसहित ६ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
९एनए–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया