प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिले पठाए समवेदना सन्देश
मेरोन्यूज
२०८० असार २९ गते १०:१६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई समवेदना सन्देश पठाएका छन् ।
राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्मा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । सचिव शर्माले प्रधानमन्त्री दाहाललाई समवेदन सन्देश हस्तान्तरण गरेका थिए ।
प्रधानमन्त्री दाहालकी पत्नी सीताको बुधबार उपचारका क्रममा निधनमा भएको थियो ।
सशस्त्र संघर्ष र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सीताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलको समवेदना पत्रमा उल्लेख छ ।
सीताको निधन लगत्तै राष्ट्रपतिले टेलिफोन गरी दुःख व्यक्त गर्दा आफू भावविह्वल भएको प्रधानमन्त्री दाहालले बताए ।
सम्बन्धित
















FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
प्रतिक्रिया