जिल्ला सचिवमाथि कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्न माग

काठमाडौँ । नेपाली कांग्रेस बाराले जिल्ला कार्य समितिका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालयमै कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न माग गरेको छ ।
सवारी दुर्घटनाको विषयमा छलफल गर्न पुगेका यादव प्रहरी कार्यालयभित्रै कुटिएपछि आन्दोलित बनेको कांग्रेसले कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न माग गरेको हो ।
कांग्रेस जिल्ला कार्य समितिका पदाधिकारीले बुधवार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापन बुझाउँदै प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । कांग्रेसको आन्दोलनमा एकिकृत समाजवादीले समेत साथ दिएको छ ।
प्रहरीले कांग्रेस सचिव यादवमाथि कुटपिट गर्दा आफ्नो पार्टीका जिल्ला उपसचिव ध्रुव यादवमाथि समेत दुर्व्यवहार भएको भन्दै एकीकृत समाजवादीले कांग्रेसको मागमा समर्थन जनाएको हो ।
कांग्रेस र एकीकृत समाजवादीले संयुक्त रुपमा बुझाएको ज्ञापन पत्रमा प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहले कांग्रेस सचिव यादवमाथि कुटपिट गरी प्रहरी कार्यालयमै थुनामा राखेर मानसिक यातना दिएको उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमार्फत कुटपिट घटनामा संलग्न प्रहरी अधिकारीलाई कारवाही नभए संयुक्तरुपमा आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।
प्रजिअ सापकोटालाई कांग्रेस जिल्ला उपसभापति मनोट भट्ट, जिल्ला सचिव राजेश रौनियार, जिल्ला सहसचिव प्रमोद यादव, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बिजेन्द्र चौधरी, जिल्ला सचिव बिक्रम ठाकुरलगायतले ज्ञापनपत्र बुझाएका हुन् ।
कलैया–बघवन सडकमा तीन साताअघि भएको पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनाको विषयमा छलफल गर्न कांग्रेस सचिव यादव मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
सो क्रममा प्रहरी निरीक्षक साहले ‘सबै बिगारेको पञ्चहरुले हो, सबै पञ्च दलाल हुन्’ भनेपछि आफूले उक्त शब्दको विरोध गरेका र विरोध गर्ने क्रममा आफूमाथि कुटपिट भएको यादवले बताएका छन् ।
कुटपिटबाट यादवको अनुहारमा चोट लागेको छ । उनको वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ ।
पछिल्लो पटक बारा प्रहरीको कारण विभिन्न स्थानीय तह र जनप्रतिनिधिबीच विवाद तथा प्रहरीको दमन बड्दै गएको छ । बारा प्रहरी कार्यालयका प्रमुख होविन्द्र बोगटीको कार्य सम्पादनमा समेत प्रश्न जिल्लामा उठ्दै गएको हो ।
















इरान र अमेरिकाबीच शुक्रबार ओमानमा वार्ता हुने
उदयपुर–२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था
आज कुन तरकारिकाे मूल्य कति ?
टी-२० विश्वकपकाे अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
शरीरमा भिटामिन डी को कमी हुँन नदिन यस्ता घरेलु उपाय अपनाउनुहाेस्
प्रतिक्रिया