प्रेस चौतारी अध्यक्ष बस्नेतविरुद्ध गृहमन्त्रीले दिए साइवर व्यूरोमा उजुरी

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमार्फत भ्रामक प्रचार गर्ने प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेत र सोही किसिमको समाचार लेख्ने जनबोली डटकमविरुद्ध उजुरी दिएका छन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका तर्फबाट उनका प्रेस संयोजक कमल गिरीले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्यूरो र जनबोली डटकमविरुद्ध प्रेस काउन्सिलमा बिहीबार उजुरी दिएका हुन् ।
अध्यक्ष बस्नेतले ‘आफुलाई सूचना आएको’ कपोलकल्पित हवाला दिंदै २०८० साल साउन ४ गते फेसबुक स्टाटस्मा गृहमन्त्री श्रेष्ठमाथि ‘सुन पास गराएको’ आरोप लगाएका थिए। यस प्रकरणले गृहमन्त्री श्रेष्ठको व्यक्तिगत निष्ठा, आचरण र नैतिकतामाथि सामाजिक संजालमा अतिरन्जित भ्रम सिर्जना गरेको, सुशासन तथा गुणात्मक प्रशासनिक सुधारमा अनवरत लागेको गृह प्रशासन नेतृत्वलाई हिलो छ्याप्ने काम गरेको र गृहमन्त्रीले अगाडि बढाएका कामलाई अवरुद्ध गर्ने नियत बोकेको श्रेष्ठका तर्फबाट गिरीले दिएको उजुरीमा उल्लेख छ।
बस्नेतले गृहमन्त्रीलाई इंगित गर्दै ‘एक रुपैयाँ पनि आम्दानी नभएका सादगीू व्यक्तिले दैनिक ५० हजार खर्च गर्ने गरेको दाबी समेत बस्नेतले स्टाटसमा गरेका छन्। गिरीले आपराधिक मनोवृत्ति राखेर गृहमन्त्रीप्रति झुठो र कपोलकल्पित आरोप निर्माण गर्ने बस्नेतलाई साइबर कानुन अन्तर्गत आवश्यक कार्वाही गर्न साइबर ब्युरोलाई अनुरोध गरेका गरेका छन्।
इन्द्रप्रसाद आचार्य सम्पादक रहेको जनबोली डटकमले तौलन नसकिने हालसम्मकै ठुलो परिणाममा सुन बरामद, गृहमन्त्री श्रेष्ठको संलग्नता शीर्षकमा गृहमन्त्री श्रेष्ठविरुद्ध आपराधिक मनोवृत्ति राखेर भ्रमपूर्ण समाचार सार्वजनिक गरेको भन्दै यो अनलाइनलाई पनि कारबाही गर्न गिरीले उजुरी दिएका छन् ।
















इरान र अमेरिकाबीच शुक्रबार ओमानमा वार्ता हुने
उदयपुर–२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था
आज कुन तरकारिकाे मूल्य कति ?
टी-२० विश्वकपकाे अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
शरीरमा भिटामिन डी को कमी हुँन नदिन यस्ता घरेलु उपाय अपनाउनुहाेस्
प्रतिक्रिया