शनिबार काठमाडौं र ललितपुरका केही स्थानमा ८ घन्टा विद्युत् नआउने

काठमाडौं । शनिबार बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका केही स्थानमा विद्युत आपूर्ति प्रभावित हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्रधीकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेकाले प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर–१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत सेवा प्रभावित हुने भएको हो ।
प्राधिकरणले सूचना प्रकाशित गरी बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा, पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुंगा क्षेत्रमा र चमती फिडर अन्तर्गतका ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारूदखाना क्षेत्र, कीर्तिपुर फिडर अन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय, चोभार, टौदह र ट्यांलाफाँटका केही क्षेत्रमा विद्युत् प्रभावित जानकारी दिएको छ ।
त्यसैगरी त्रिपुरेश्वर फिडरअन्तर्गतका टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सेनपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुल्चोक क्याम्पसम्म विद्युत् प्रभावित हुने छ।
भैसेपाटी फिडर अन्तर्गत महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक र एकल डाँडा तथा क्षेत्रपाटी फिडर अन्तर्गतका टेकुदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क र ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म विद्युत् अवरूद्ध हुनेछ।

















कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया