एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले बनायो छुट्टै समिति

काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न छुट्टै समिति गठन गरेको छ ।
मंगलबार त्रिभुवन विमानस्थल कार्गो भवन अघि भन्सार पास गराएर बाहिरिएको सुन राजस्वले नियन्त्रणमा लिएको थियो । सोही बरामद सुनबारे विस्तृत अनुसन्धान गर्न राजस्वले अनुसन्धान अधिकृत तोकेको हो ।
विभागका महानिर्देशक नवराज ढुंगानाकाअनुसार राजस्व र प्रसाशनका निर्देशकहरुसहितको चार सदस्यीय अनुसन्धान अधिकृत तोकिएको हो । यही समितिले अब सुन तस्करी प्रकरणबारे विस्तृत अनुसन्धान गर्ने उनले बताए ।
‘सुन बरामद र त्यसका संलग्नहरुको पहिलो लेयर पक्राउ गरेपछि हामी आंशिक रुपमा सफल भएका छौं, अहिलेसम्मको सबै काम सिंगो विभागले ग¥यो अब हुने अप्रेशनमा सामूहिक रुपमै काम हुन्छ । तर, प्राप्त प्रमाण र थप तथ्यमा केन्द्रिकृत भएर अनुसन्धान अधिकृतहरुले काम गर्छन्,’ उनले भने ।
विभागले सुन तस्करी प्रकरणको पहिलो जालो पक्राउपछि थप अनुसन्धानलाई तीब्र पारिएको उनले बताए ।
















सात प्रदेशका ७५ विद्यार्थीलाई एनआईसी एसिया बैंकको छात्रवृत्ति
नेपालमा जलपक्षीको सङ्ख्या घट्दो
नेपाललाई क्यानडाले दियो १६२ रनको लक्ष्य
हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र
चितवन पुगे रवि लामिछाने
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया