शुक्रबार, वैशाख ४, २०८३

नेपालको प्रतिनिधित्व गर्दै श्रीलङ्का उडिन् सजिना

मेरोन्यूज २०८० साउन ५ गते १३:१०

काठमाडौं । ‘मिस वर्ल्ड टुरिजम’ मा नेपालको प्रतिनिधित्व गर्न सजिना खनाल श्रीलङ्काको कोलम्बो लागेकी छिन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

कोलम्बोमा १२ दिनसम्म आयोजना हुने ‘मिस वर्ल्ड टुरिजम’मा भाग लिन सर्लाहीकी २२ वर्षीया खनाल बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

‘नेपाललाई नै प्रतिनिधित्व गर्दा उत्साह र नर्भस दुवै छु । यद्यपि मोडलिङ यात्राको क्रममा सँगालेको सिकाईलाई त्यहाँ अवश्य प्रयोग गर्नेछु’, खनालले भनिन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधवार खनाललाई बधाई तथा सफलताको शुभकामना दिएका थिए। त्यस्तै उनलाई बुधबारनै खानेपानी मन्त्री महिन्द्र राय यादव भेट्दै शुभकमना दिएका थिए।

इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’ उपाधि सहित उनलाई उक्त प्रतियोगितामा पठाएको हो।

प्रतिक्रिया