बिहीबार, माघ २२, २०८२

सुनसरीमा गोली प्रहार हुँदा एक जना घाइते

मेरोन्यूज २०८० साउन ५ गते १९:१६

काठमाडौँ । सुनसरीमा गोली प्रहार हुँदा एक जना घाइते भएका छन् । मूलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर महानगर ५ का २८ वर्षीय रोहित चौधरीमाथि सेउती खोला नजिकै जंगलमा गोली प्रहार भएको हो ।

धरान-इटहरी रोडमा पर्ने जंगलको सेउती पुल नजिकै गोली प्रहार गरी लुटपाट भएको प्रहरी जनाएको छ । चौधरीले साथमा रहेको मोबाइल र पैसा लुटिएको छ ।

गम्भीर घाइते चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ ।

सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घटनाको अनुसन्धान भइरहेको बताए । 

प्रतिक्रिया