एनआरएन बेलायतको नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा

बेलायत। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी कार्यकालको लागि आज निर्वाचन हुँदैछ ।
४१८३ मतदाता रहेको निर्वाचनमा अनलाइन मार्फत हुने गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन समितिका संयोजक चिरन्जीबी ढकालले जनाए ।
निर्वाचन समितिका अनुसार मतदान विहान ६ बजे देखि राति १२ बजे सम्म अनलाइन मतदान जारी रहनेछ । भोटिङ व्यवस्थापनको जिम्मा अष्ट्रेलियको भेरे भेण्डरले लिएको छ । गैरआवासीय नेपाली संघले यसै वर्ष देखि फेसभेरिफिकेशन मार्फत अनलाइन निर्वाचनको शुरुआत गरेको छ।
संघको अध्यक्ष पदको लागि दिनेश घिमिरे, हितकाजी गुरुङ, र नारायण कंडेल चुनावी मैदानमा उत्रेका छन् । घिमिरेलाई संघका कार्यकारी अध्यक्ष डा बद्री केसी पक्षको समर्थन रहेको छ भने अर्का अध्यक्ष कुल आचार्यले गुरुङलाई समर्थन गरेका छन् । कंडेलले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा उभ्याएका छन् ।
संघको ४ आइसीसी (केन्द्रीय) सदस्यको लागि ६ जनाबीच प्रतिस्पर्धा हुदैछ । आइसीसी सदस्यमा शुनिलबाबु खड्का, मोहन कार्की, विष्णु चालिसे, चन्द्र बहादुर गुरुङ, दिलराज गुरुङ, र डा सुनिल शाहको उम्मेदवारी कायम छ ।
यस्तै, संघको २ उपाध्यक्ष पदको लागि ज्ञानेन्द्र आले, रविन्द्र कंडेल, सुरेश परियार, ओमन गौचन र कर्मा शेर्पाबीच निर्वाचन हुँदैछ ।
यस्तै स्कटल्याण्डको उपाध्यक्षमा मनिष खरेल र रामप्रसाद बगालेबीच निर्वाचन हुने भएको छ ।
यस्तै महासचिवमा गोविन्द खरेल र बालकृष्ण भुषालबीच निर्वाचन हुने भएको छ । भुषाल नेपाल सरकारका पूर्व सहसचिव हुन् । सहकोषाध्यक्षमा हेम गुरुङ र सुमन शर्माबीच निर्वाचन हुने भएको छ ।
युवा संयोजकमा विकास नेपाल र सुजित शाहिबीच निर्वाचन हुने भएको छ।
संघका अन्यपदाधिकारीहरु निर्विरोध निर्वाचित भैसकेका छन् ।
यस्तै, इंल्याण्ड राज्यपरिषदको अध्यक्षमा शम्भु प्रसाद अर्याल र शन्तोष कुमार सुवेदीबीच निर्वाचन हुने भएको छ ।
स्कटल्याण्ड राज्यपरिषदको सबै पदमा दोहोरो प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा दिवाकर पाण्डे र उज्वल कार्की, उपाध्यक्षमा प्रजापति शर्मा र कमल श्रेष्ठ सचिवमा मोतिलाल खरेल र रामप्रसाल कंडेल, सहसचिवमा भूपाल कार्की र भोजराज खरेलबीच निर्वाचन हुने पक्का भएको छ ।
कोषाध्यक्षमा बासुदेव पोखरेल र सहकोषाध्यक्षमा कल्याण अर्याल निर्विरोध निर्वाचित भए ।
कार्यसमितिको ४ पदमा ८ जनाको उम्मेदवारी कायम रहे पछि सबै पदमा निर्वाचन हुने भएको छ । सदस्यहरुमा सागर पाण्डे, झपेन्द्र सापकोटा, मनोहरी सापकोटा, बिराज ढुंगेल, जीवालाल भण्डारी, पवित्रा भण्डारी, तुल्सीराम न्यौपाने र स्वस्थितमा खड्का छन् ।

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया