करिब ३१ लाख रुपैयाँको काठसहित दुई वटा ट्याक्टर नियन्त्रण
मेरोन्यूज
२०८० साउन ७ गते १७:५८

झापा । जिल्लाको मेचीनगर नगरपालिका १ कृष्णथुम्कि इलाकाबाट सशस्त्र प्रहरीले करिब ३१ लाख रुपैयाँ बराबरको सालको गोलिया काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा नम्बर २ गण झापाले मे १ त ७२०० र मे १ त ५३४५ नम्बरको काठसहितको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
ट्याक्टरमा राखेर अवैध रुपले लैजाँदै गरेको २ सय ९६.७७ क्यूफिट, १ सय ६ वटा काँचो गोलिया काठ नियन्त्रणमा लिइएको हो ।
काठ ल्याउने व्यक्तिहरू सशस्त्र प्रहरीलाई देख्नासाथै ट्याक्टर र काठ छाडेर भागेका थिए । बरामद काठ र दुई वटै ट्याक्टर डिभिजन बन कार्यालय चन्द्रगढी झापामा बुझाइएको छ ।
सम्बन्धित
















आज कुन तरकारिकाे मूल्य कति ?
टी-२० विश्वकपकाे अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
प्रतिक्रिया