काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा जागिरका लागि पठाइदिने प्रलोभन देखाई बङ्गलादेशी नागरिकहरूलाई काठमाडौं ल्याएर बन्धक बनाउने गिरोहका ७ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बूढानीलकण्ठ नगरपालिका वडा नं. ८, भङ्गालस्थित एक घर भाडामा लिई ५ जना बङ्गलादेशी नागरिकहरूलाई बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले उनीहरूको उद्धार गरेको छ ।
पक्राउ पर्नेमा बङ्गलादेशी नागरिक ३८ वर्षीय आल मामुन, काठमाडौंका३९ वर्षीय बिलाल, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन र ४० वर्षीय यमडी मसिभुर रहमान रहेका छन्। यस्तै, भारतका ४१ वर्षीय सरोजकुमार र नुवाकोट घर भई हाल तारकेश्वर बस्ने ३२ वर्षीय शशि पाठक पनि छन् ।
पक्राउ परेकाहरूमाथि शरीर बन्धक तथा ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
बङ्गलादेशबाट काठमाडौँ बोलाएर उनीहरूलाई बन्धक बनाई ठगी गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया