गत आवमा चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

चितवन । गत आर्थिक वर्ष २०७९-०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन् ।
उनीहरुलाई जनही रु १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ छन् । गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको उनले जानकारी दिए ।
हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात , भालुको आक्रमणबाट सात , जङ्गली बदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।
यस्तै जङ्गली जनावरका कारण दुई सय ३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । यसको राहत स्वरुप रु ३१ लाख ३८ हजार चार सय प्रदान गरिएको छ । भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ । यसबापत रु ५१ हजार राहत रकम भुक्तानी गरिएको छ । यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिए । जसको क्षतिबापत रु दुई लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ । यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले रु ३९ लाख ५८ हजार छ सय २५ भुक्तानी गरेको छ ।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन् । यसको राहतस्वरुप निकुञ्जले रु दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ ।















मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’
कुनै डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल
विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
मौसम धुम्म भइन्जेल सचेत रहन आग्रह
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्रतिक्रिया