बिहीबार, माघ २२, २०८२

ललिता निवासको जग्गा हडप्ने २ जना पक्राउ

मेरोन्यूज २०८० साउन ८ गते १४:०९

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले ललिता निवासको जग्गा हिनामिना गर्ने थप दुई जना पक्राउ गरेको छ । ।

नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा सोमबार सिआइबीले सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो ।

सिआइबीका एसएसपी दिनेश आचार्यले महर्जनद्वयलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाललगायतले सरकारी जग्गा हडपेको जानकारी दिए ।

सिआइबीले यहीँ प्रकरणमा आइतबार नापी कार्यालयका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । यो प्रकरणमा हालसम्म १९ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया