काठमाडौं उपत्यकाका १०१ वटा फार्मेसीमा अनुगमन, १० फार्मेसी सिल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैदिन काठमाडौं उपत्यकामा १०१ वटा फार्मेसी (औषधि पसल)को अनुगमन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा फार्मेसीको अनुगमन भएको हो ।
मन्त्री बस्नेतको निर्देशनअनुसार मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनका लागि टोली खटाएको थियो ।
फार्मेसीहरुले फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी बनाएर फार्मेसी चलाइरहेको, औषधि व्यवस्था विभागले तोकेका मापदण्ड पुरा नगरेको र अनुमति नलिइ फार्मेसी चलाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले देश भरिनै फार्मेसीहरुमाथि अनुगमन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिएका थिए ।
उपत्यकामा गरिएको अनुगमनमा नियम विपरित सञ्चालित १० वटा फार्मेसीलाई सिल गरिएको छ भने दुई दर्जनभन्दा बढीलाई सचेतपत्र दिइएको छ ।
अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी संलग्न थिए । सोमबार साँझ मन्त्री बस्नेतसमक्ष टोलीले गरेको अनुगमन र फार्मेसी सञ्चालनको अवस्थाका बिषयमा जानकारी गराएका छन् । अनुगमन टोलीका संयोजकहरुकाअनुसार अर्कै फर्मासिस्टको सर्टिपिकेट राखेर फार्मेसी चलाइरहेकोको संख्या उल्लेख्य मात्रामा पाइएको छ ।
बिक्री वितरण गर्ने अनुमति नै नलिइ न्युटास्युटिकल सामग्री पनि फार्मेसीबाट बिक्री वितरण गर्ने गरेको, म्याद गुज्रिएका औषधिको भण्डार अलग गरेर नराखिएको, दर्ता नै नभएका र सरसफाइमा ध्यान नदिएको जस्ता साझा समस्या देखिएको अनुगमन टोलीको भनाइ छ ।
निरीक्षणको क्रममा दर्ता नै नगरि फार्मेसी सञ्चालन गरिरहेको पाएपछि केही औषधि पसलमा सिल गरिएको अनुगमनमा सहभागी डा। हेमन्त ओझाले बताए । काठमाडौँको गोकर्णेश्वरमा दर्ता विना चलाइएका दुइवटा औषधि पसलमा सिल गरिएको अनुगमन टोलीका संयोजक सागर दाहालले बताए ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले सोमबार गरिएको व्यापक अनुगमनले सबैको आँखा खोलेको बताउँदै यसलाई भविष्यमा पनि व्यापकता दिइने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले उपत्यकामा ठूलो संख्यामा फार्मेसी नियम विपरित सञ्चालन भइरहेको पाइएकोले अनुगमनलाई निरन्तरता दिन औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई निर्देशन दिएका छन् । जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने फार्मेसीलाई तत्काल कारबाही गर्ने र राम्रो ढंगले चलेका फार्मेसीहरुलाई प्रशंसापत्र दिएर प्रोत्साहन गर्न समेत मन्त्री बस्नेतले ढकाललाई सल्लाह दिए ।
औषधि व्यवस्था विभागमा जनशक्तिको अभाव देखिएको र त्यसलाई तत्कालका लागि परिपूर्ति गर्न फार्मेसीमा इन्टर्न गर्न आउनेहरुलाई विभागमा पठाउन पनि मन्त्री बस्नेतले निर्देशन दिएका छन् । छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा।रोशन पोखरेलले देश भरिनै अनुगमन भइरहेको र यसले सुखद परिणाम ल्याउने विश्वास व्यक्त गरे ।
















प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया