गोरखापत्रका १२ जनाको नियुक्ति कानुन विपरीत भएको भन्दै खारेज गर्न निर्देशन
मेरोन्यूज
२०८० साउन १० गते ९:२९

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई भ्रष्टाचारको मुद्दा चलाउन सिफारिस गरेको छ ।
तोक आदेशको आधारमा करारमा पत्रकारसहित १२ जनालाई नियुक्त गरेको भन्दै भ्रष्टाचारको मुद्दा चलाउन मन्त्रालयलाई निर्देशनसमेत दिएको हो ।
विधि र प्रक्रिया विपरीत तोक आदेशको भरमा नियुक्ति दिइएको भन्दै सतर्कता केन्द्रले कार्यकारी अध्यक्ष सुवेदीसहित पाँच जनालाई कारबाही गर्न समेत निर्देशन दिएको पत्रमा उल्लेख गरिएको छ ।
सुवेदी कार्यकारी निर्देशक बनेर आएपछि गोरखापत्र संस्थानमा दुई जना उपसम्पादक, ७ जना समाचारदाता, एक जना परामर्शदाता र दुई जना वरिष्ठ सहायक पदमा नियुक्त गरेका थिए। यसरी नियुक्त गर्दा विधि र प्रक्रिया मिचेको केन्द्रको निष्कर्ष छ ।

सम्बन्धित
















आर्थिक समृद्धिमा टेलिकमको भूमिका प्रशंसनीय छ : गृहमन्त्री अर्याल
दक्षिण सुडानको अस्पतालमा आक्रमण
सात प्रदेशका ७५ विद्यार्थीलाई एनआईसी एसिया बैंकको छात्रवृत्ति
नेपालमा जलपक्षीको सङ्ख्या घट्दो
नेपाललाई क्यानडाले दियो १६२ रनको लक्ष्य
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया