बिहीबार, माघ २२, २०८२

संसद भवन बाहिर लघुवित्त पीडितकाे प्रदर्शन

मेरोन्यूज २०८० साउन १० गते १३:०१

काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंको नयाँ बानेश्वरमा आज विरोध प्रदर्शन गरेका छन् । उनीहरू प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर संसद भवन घेराउ गर्न लागेका हुन् ।

उनीहरूले नव सामन्तीको रुपमा स्थापित लघु वित्तीय संस्थाहरू खारेज गर, सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर, जनवादी अर्थतन्त्रको विकास गर लगायतका नारा लगाएका थिए ।

प्रदर्शनकारी संसद भवन तर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले ब्यारिकेड लगाएर रोकेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।

घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई भने प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया