बिहीबार, माघ २२, २०८२

सुन तस्करलाई गोदाम खोजिदिएको आरोपमा तामाङ पक्राउ

मेरोन्यूज २०८० साउन १० गते १९:४०

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब एक सय किलो सुन प्रकरणमा थप एक जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा सुरेन्द्र तामाङलाई पक्राउ गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

तामाङ काठमाडौँबाट पक्राउ परेका हुन् । उनले सुन कारोबार गर्नेहरुलाई गोदामको व्यवस्थापन गरिदिएको आरोप छ । सुन प्रकरणमा भारतीय नागरिक थाप्तेन र चिनियाँ नागरिक जीक्वाङ लिनसहित अहिलेसम्म १७ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया