कांग्रेसले शरणार्थी प्रकरणमा पूर्पक्षमा थुनामा परेका खाणलाई निलम्बन गरेन

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा परेका पूर्वगृहमन्त्री तथा पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गरेन । साउन २ गतेबाट बसेर बुधबार सम्पन्न भएको केन्द्रीय समिति बैठकले खाणबारे कुनै निर्णय लिएन ।
यघपी कांग्रेस बैठकले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले थालेको कदममा साथ र समर्थन गर्ने निर्णय भने गरेको बैठकका निर्णय सुनाउने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
आरोप लागेर पूपक्र्षका लागि थुनामा पुगेपछि उपसभापति तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय शर्मा र गगन थापा तथा संस्थापन इतरका केन्द्रीय सदस्यहरू खाणलाई निलम्बन गर्नु पर्ने पक्षमा थिए । त्यही अनुसारको धारण केन्द्रीय समिति बैठकमा राखेका पनि थिए ।
तर, सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका पदाधिकारी र सदस्यहरू खाणको पक्षमा देखिएपछि कांग्रेस बैठक खाणबारे मौन रहेको हो । महामन्त्री थापाले भने खाणलाई कारबाही नगर्ने निर्णयमा लिखित रूपमा फरक मत दर्ज गरेका छन् ।
कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन कांग्रेसकै सरकारले ल्याएको स्मरण गर्दै भ्रष्टाचार जघन्य अपराध भएको भन्दै उसले जो कोहीले भ्रष्टाचार गरे कानुन बमोजिम कारबाही हुनुपर्ने निर्णय गरेको छ ।
कांग्रेसको समर्थनमा बनेको वर्तमान सरकारले थालेको कदमलाई साथ र समर्थन गर्ने निर्णय पनि कांग्रेसले गरेको महामन्त्री शर्माले बताए ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया