सुगमका कार्यालय रोज्न मन्त्री मोदीको दुर्गमका कर्मचारीलाई आव्हान

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन आव्हान गरेको छ ।
सरुवामा विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन लागिरहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीको निर्देशनमा बिहीबार मन्त्रालयले ९ दिनभित्र निवेदन दिन सार्वजनिक रुपमा आव्हान गरेको हो ।
निजामती कर्मचारीहरुको सरुवालाई व्यवस्थित बनाउनका लागि मन्त्री मोदीले २०८० जेठ २९ गते कार्यदल गठन गरेका थिए । कार्यदलको प्रतिवेदन बुझेपछि मोदीले कार्यान्वयन गर्न निर्देशन दिएका थिए । मोदीको निर्देशनपछि मन्त्रालयले सूचनामार्फत् सार्वजनिक आव्हान गरेको हो ।
मन्त्रालयले सुगम क्षेत्रका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई दुर्गम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन पनि आव्हान गरेको छ ।
‘निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (३) को खण्ड (क) बमोजिम (क) वा (ख) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी कार्य अवधि पूरा भएका (डेढ वर्षभन्दा बढी दुर्गम क्षेत्रका कार्यालयमा सेवा प्रदान गरिसकेका) निजामती कर्मचारीहरुले सोही उपदफाको खण्ड (ख) बमोजिम (ग) वा (घ) वर्गको भौगोलिक क्षेत्रमा (सुगम क्षेत्रका कार्यालयहरु) साथै सोही उपदफाको (ख) बमोजिम (ग) वा (घ) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी कार्य अवधि पूरा भएका निजामती कर्मचारीहरुले सोही उपदफाको खण्ड (क) बमोजिम (क) वा (ख) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गर्न इच्छुक भएमा पिआइएस अद्यावधिक गरी ९ (नौ) दिनभित्र निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
मन्त्रालयले सरुवा व्यवस्थापनका प्रत्येक निजामती कर्मचारीहरुले आफ्नो हालसम्मको विवरण (नियुक्ति, पदस्थापन, सरुवा, समायोजन, काज, कामकाज, रमाना, हाजिर भएको जानकारी लगायत सम्पूर्ण विवरण) ७ दिनभित्र अनिवार्य रुपमा अद्यावधिक गर्न समेत निर्देशन जारी गरेको छ ।
















ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया