बंगलादेश स्वतन्त्रता दिवसमा प्रचण्डलाई भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले भ्रमणको निम्तो दिएकी छिन् । बंगलादेश स्वतन्त्रता दिवसको अवसर पारेर प्रधानमन्त्रीलाई बंगलादेश भ्रमण गर्न उनले निम्तो दिएकी हुन् ।
संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन त्यहाँ पुगेका प्रधानमन्त्री प्रचण्डलाइृ बंगलादेशका प्रधानमन्त्रीले साइडलाइन वार्ताका क्रममा भ्रमणको निम्तो गरेकी हुन् ।
उक्त कुराको पुष्टि प्रधानमन्त्री प्रचण्डले आज स्वदेश फर्केपछि गरेका छन् ।
मेरो बांगलादेशका प्रधानमन्त्री महामहिम शेख हसिनासंग महत्वपुर्ण द्विपक्षीय भेटघाट भएको छ । यहाँहरुलाई अवागत नै छ नेपाल र बांगलादेशबीच अत्यन्त सुमधुर र मैत्रीपुर्ण सम्बन्ध रही आएको छ ।’’प्रधानमन्त्रीले भने, ‘ बंगलादेशका प्रधानमन्त्रीले त्यहाँको स्वतन्त्रता दिवसको अवसर पारेर मलाई त्यहाँको भ्रमणको निम्तो गर्नुभएको छ । मैले त्यसलाई सकारात्मक रुपमा लिएको छु ।’’
शेख हसिनासँगको भेटघाटमा नेपाल र बांगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मंचहरुमा नेपाल र बांगलादेशबीचको सहकार्य जस्ता बिषयहरुमा हार्दिक र सौहार्दपूर्ण छलफल भएको प्रधानमन्त्रीको भनाइृ छ ।
‘यहाँहरुलाई ज्ञात नै छ बांगलादेश सरकार नेपालमा उत्पादित जलबिध्युत खरिद गर्न इच्छुक रहेको छ । आर्थिक अन्तरनिर्भरताको यो अत्यन्त महत्वपूर्ण आयाम अब कार्यान्वयनको चरणमा रहेको छ । हालै मैले गरेको छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका क्रममा नेपालले भारतीय भुमि भएर नेपालको जलबिध्यूत बांगलादेशमा निर्यात गर्ने सहमति भएको छ ।’ प्रधानमन्त्रीले भने,–‘ त्यसलाई यथाशीघ्र औपचारिकता दिई जलबिध्यूत निर्यातको ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाउँदै छ । बांगलादेशका प्रधानमन्त्रीसंग यो विषयमा अत्यन्त महत्वपूर्ण कुराकानी भएको छ ।’

















बालेनलक्षित ओलीको टिप्पणी – पालिका चलाउन नसकेर भागेकालाई प्रधानमन्त्री बनाउने रे
बाँकेका मतदान अधिकृतका लागि प्रशिक्षण सुरु
Twenty-two passengers injured in bus accident
नेपाल लाइफद्वारा पहिलोपटक पृथक विशेषतासहित नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक
बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रतिक्रिया