कोशीमा कांग्रेसले एमालेको सहयोगमा सरकार बनाउला ?
कांग्रेसका प्रमुख सचेतक भन्छन् : औपचारिक प्रस्ताव आए छलफल हुन्छ

काठमाडौँ । नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै एमालेले नीतिगत रुपमै नेपाली कांग्रेससँग सम्बन्ध स्थापित गर्न खोजेको बताएका छन् । कार्कीले त्यतिमात्रै भनेनन्, कांग्रेस तयार भए सत्ताको नेतृत्व दिन समेत आफूहरु तयार भएको बताए ।
यसले एमाले कांग्रेससँग मिलेर कोशीमा सरकार बनाउन चाहेको देखाउँछ । कोशीमा कांग्रेससँग सरकार मिलेर सरकार बनाएपछि केन्द्रदेखि अन्य प्रदेशमा भएको कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहितका दलको गठबन्धनमा दरार आउने आकलन एमालेको छ ।
कोशीमा एमाले संसदीय दलका नेताले नै कांग्रेससँग सत्ता साझेदारीको प्रस्ताव राखेपछि अन्य दलहरूले औपचारिक प्रतिक्रिया नदिए पनि झस्किएका भने छन् ।
गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा २२ दिनमै सर्वोच्च अदालतको पूर्ण इजलासको फैसलाबाट पदमुक्त भएका थिए । त्यसको भोलिपल्ट एमालेले सत्तामा सहकार्य गर्ने प्रस्ताव ल्याएको हो ।
कांग्रेसले भने औपचारिक प्रस्ताव आएपछि मात्र त्यसबारे छलफलबारे सोच्न सकिने बताएको छ ।
कांग्रेसको कोशी प्रदेश सभाका प्रमुख सचेतक भुपेन्द्र राईले आधिकारिक प्रस्ताव आए छलफल हुनसक्ने बताए । ‘आधिकारिक प्रस्ताव आए छलफल हुनसक्छ। अहिले त्यसबारे कुनै छलफल भएको छैन,’ राईले भने ।
कोशीमा गठबन्धन दलको बहुमत नपुगेपछि २१ असारमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर कांग्रेस दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका थिए । सभामुखले हस्ताक्षर गर्न नमिल्ने भन्दै सर्वोच्चले बिहीबार थापाको नियुक्ति बदर गरिदियो ।
९३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन सत्तारुढ गठबन्धन र विपक्षी गठबन्धन कसैसँग पनि बहुमत छैन । सत्ता गठबन्धनमा कांग्रेससहित माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धनमा ४६ सांसद छन्। एमाले र राप्रपाको विपक्षी गठबन्धनमा पनि ४६ नै नै सांसद संख्या छ । सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ। त्यही भएर कि कांग्रेस र एमाले वा कि एमाले र माओवादी मिल्न पर्ने अवस्था देखिन्छ ।
गठबन्धनले राप्रपाको साथ पनि बहुमत पुग्छ। तर राप्रपा पनि गठबन्धनमा जान इच्छुक देखिएको छैन । यही अवस्थामा एमालेले माओवादी भन्दा कांग्रेसको साथ चाहेको कार्कीले बोलेका छन् ।
कोशीमा ४० सांसद रहेको एमाले सबैभन्दा ठूलो दल हो। २९ सांसद रहेको कांग्रेस दोस्रो ठूलो दल हो।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया