ऋणी महिलालाई बलात्कार गरी घरजग्गा हडप्ने सुर्जमानविरुद्ध मानव बेचबिखनविरुद्धको किटानी जाहेरी

काठमाडौँ । ऋणी महिलालाई लगातार बलात्कार गरी घरजग्गा हडपेको आरोपमा पक्राउ परेका मिटरब्याजी साहु सुर्जमान मालीविरुद्ध मानव बेचबिखनविरुद्धको किटानी जाहेरी दर्ता भएको छ ।
मालीविरुद्ध मानव बेचबिखनको जाहेरी दर्ता गरिएको ललितपुर प्रहरीका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए । मालीलाई शुक्रबार बेलुका ललितपुर प्रहरीले पक्राउ गरेको थियो ।
श्रीमानको उपचार गर्न ऋणी महिलाले आफन्त पर्ने सुर्जमानबाट ०७५ सालमा ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । सुर्जमानले ऋणको मासिक ब्याज ५० हजार तोकेका थिए । नियमित आयआर्जन नभएकी पीडित महिलाले ऋणसापट गरेर मासिक ५० हजारका दरले दुई पटक ब्याज तिरिन् । साँवा घटाउने उद्देश्यले उनले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर दुई लाख रुपैयाँ सुर्जमानको हातमा थमाए पनि सुर्जमानले साँवा नकटाएर रकमबाट ब्याज मात्रै कटाइदिए ।
सुर्जमान मागेको एकमुष्ट साँवा र ब्याज एकैपटक तिर्न नसकेपछि सुर्जमान र उनका साथीहरुले ब्याज घटाइदिने भन्दै उनीमाथि चार पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
बलात्कारको विषय सबैलाई भनिदिने भन्दै उनीहरूले तमसुक गराएर महिलाको घरजग्गासमेत कब्जा गरेका थिए । उनले ऋणी महिलाबाट ब्याजसहित ८० लाख ८२ हजार २ सय २७ रुपैयाँ भुक्तान हुनुपर्ने ललितपुर अदालतबाट फैसलासमेत गराएका थिए । त्यसपछि घर र जग्गा हडपेर ७९ लाख भुक्तान लिएका थिए । बाँकी एक लाख ८२ हजार २ सय २७ ‘असुलउपर गरी प्रतिवादीबाट भराइपाऊँ’ भन्दै सुर्जमानले ०७८ मंसिर ९ मा निवेदन दिएका थिए ।
















निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको मृत्यु
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया