जडीबुटी मुद्दाका फरार अभियुक्त पक्राउ

कञ्चनपुर । वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा विगत छ वर्षदेखि फरार रहेका अभियुक्तलाई कञ्चनपुर प्रहरीले आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जिल्ला अदालत कञ्चनपुरबाट विसं २०७४ भदौमा वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा एक वर्ष कैद भइ फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का किसन सिंह कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।
घर छेउछाउमा लुकिछिपी बस्दै आएको अवस्थामा फरार अभियुक्त कार्कीलाई प्रहरीले जिल्ला अदालतमा पेश गरी अदालतले सजाय भुक्तानका लागि कञ्चनपुर कारागार पठाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार यहाँ विभिन्न मुद्दामा कैद सजाय भएका अभियुक्त प्रक्राउ गर्न जिल्लाभर प्रहरी सक्रिय रहेको छ ।
प्रहरीले कञ्चनपुरबाट गत आव २०७९।८० मा ७२ फरार अभियुक्तलाई पक्राउ गरी कैद सजायका लागि कारागार पठाएको छ ।
















प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया