कोशीका सभामुख बालुवाटारमा, राजीनामाको तयारी
कांग्रेसका उद्दव थापा मुख्यमन्त्री बन्ने, गौतमलाई मन्त्री बनाइने

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाइने भएको छ । उनलाई राजीनामाका लागि मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहल लिईरहेका छन् । गौतम अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छन् ।
कांग्रेसका प्रदेश सभा दल नेता उद्दव थापाकै नेतृत्वमो कोशीमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीले नयाँ सरकार गठनको तयारी गरेका छन् । सभामुख गौतमले यस अगाडी थापालाई सभामुखको आसनबाटै समर्थन गरेर कोशीमा नयाँ सरकार बनाइएकोमा सर्वोच्च अदालतले गैरसंवैधानिक भनेर खारेज गरिदिएपछि आज अपरान्ह ५ बजेसम्म नयाँ सरकार गठनका लागि बहुमत दावी गर्न दलहरुलाई समयसिमा दिइउको छ ।
तर राप्रपा र एमाले एकातिर उभिदाँ सरकार गठनमा दुवै गठबन्धनले बहुमत जुटाउन नसकेपछि सभामुख गौतमलाई राजीनामा गराउन लागिएको हो । गौतम राजीनामा दिने निर्णयमा पुगिसकेका छन् । यधपी उनले अहिले पनि आफु छलफलमै रहेको बताएका छन् ।
‘म अहिले पनि छलफलमा छु । प्रधानमन्त्री निवासमा छलफल जारी छ,’ गौतमले मेरोन्यूजसँग भने ।
गौतमलाइृ कोशी प्रदेश सरकारमा मन्त्री बनाएर उनलाई अहिले राजीनामा दिन लगाइदैछ । उनले आजै उपसभामुखसमक्ष राजीनामा दिने र त्यसपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी मिलेर सरकार दावी गर्ने तयारी भईरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले त्यसैका लागि छलफल जारी छ । संयुक्त सरकारका लागि यो गठबन्धनले आज अपराह्न ५ बजेभित्र दाबी पेस गर्न नसके एमाले नेतृत्वमा अल्पमतको सरकार बन्ने छ ।
शुरुमा सभामुख गौतमले आफुले राजीनामा दिनै पर्ने भए आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनको प्रस्ताव प्रधानमन्त्री प्रचण्डसाग राखेका थिए । त्यसो नभए माओवादीको नेतृत्वमा सरकार गठनको प्रस्ताव पनि उनको थियो । तर कांग्रेसले आफनो प्रदेश सभा दलका नेता उद्दव थापा जम्मा २२ दिन मात्रै सरकारको नेतृत्वमा रहेको र अन्ततः अदालतले असम्वैधानिक कहर गरी हटाईदिएको भन्दै कांग्रेसले मुख्यमन्त्रीको दावी छोडन नमानेपछि माओवादी गौतमलाई मन्त्री बनाएर थापाकै नेतृत्वमा सरकार बनाउन लचिलो बनेको हो ।
त्यही क्रममा गौतमलाई सभामुखबाट राजीनामा गराउन लागिएको छ । गौतम सहमत भईसकेका छन् । गौतमले राजिनामा दिए पछि गठबन्धन दलकाबाट कांग्रेस नेता उद्धव थापाले प्रदेश प्रमुख पर्शुराम खापुङ्ले दिएको समयभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्ने गठबन्धन दलका प्रदेश सांसदको भनाइ छ ।
रकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा ९एकीकृत समाजवादी० का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजिनामा गराएर बहुमत पुर्याउने निर्णयमा पुग्न बाध्य भएको हो । एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् ।

















चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा
रौतहटमा अनिश्चितकालीन कर्फ्यु
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
प्रतिक्रिया