भारतले जित्यो वेस्ट इन्डिजविरुद्धको सिरिज

काठमाडौँ । तेस्रो एकदिवसीय खेलमा भारतले वेस्ट इन्डिजलाई २०० रनले पराजित गरेको छ ।
योसँगै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ । भारतले वेस्ट इन्डिज विरुद्धको लगातार १३औं एकदिवसीय सिरिज जितेको छ । भारतले एउटै टोलीविरुद्ध लगातार एकदिवसीय सिरिज जित्ने आफ्नो कीर्तिमानलाई सुधारेको छ ।
यस खेलमा पहिले ब्याटिङ गरेको भारतले पाँच विकेट गुमाएर ३५१ रन बनाएको थियो । भारतका लागि चार ब्याट्सम्यानले अर्धशतकीय पारी खेले । भारतका लागि शुभमन गिलले सर्बाधिक ८५ रन बनाए भने इशान किशनले ७७, कप्तान हार्दिक पाण्डेयले ७०, सन्जु सामसनले ५१ रन बनाए ।
जवाफमा वेस्ट इन्डिजको टोली ३५.३ ओभरमा १५१ रनमा सिमित भयो र २०० रनले पराजित भयो । वेस्ट इन्डिजविरुद्धको एकदिवसीय क्रिकेटमा भारतको यो दोस्रो ठूलो जित हो । यसअघि २०१८ मा भारतले वेस्ट इन्डिजलाई २२४ रनले हराएको थियो ।
यस खेलको प्लेयर अफ द म्याच शुभमन गिल बने भने तिनै खेलमा अर्धशतक बनाएका इशान किसन प्लेयर अफ द सिरिज बनेका छन् ।
वेस्ट इन्डिज टूरमा रहेको भारतले अब ५ खेलको टी(२० सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल विहिबार हुने छ ।
















नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार
बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
प्रतिक्रिया