कोशीमा चार सदस्यीय मन्त्रिमण्डल बनाएर मुख्यमन्त्रीले सपथ लिँदै
कांग्रेस, माओवादी र एकीकृत समाजवादीका एक- एक जना आजै सरकारमा जाने

विराटनगर । कोशी प्रदेशमा सर्वाेच्च अदालतबाट पदमुक्त भएपनि फेरि पाचौं दिनमा मुख्यमन्त्री बनेका कांग्रेसका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले अहिले बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
बिहान १० बजे उनले आफनो क्याबिनेटमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका एक एक जनालाई मन्त्री बनाएर चार सदस्यीय मन्त्रिमण्डल समेत बनाउने तयारी गरेका छन् । उनले आजै सपथ लिएसागै तीन मनित्रलाई पनि सपथ गराउने तयारी अन्तिम चरणमा छ ।
जनता समाजवादी पार्टीका नेता भने अहिले सरकारमा सहभागी हुने छैनन ।
उनको आजै विस्तार हुने क्याविनेटमा उनलाई मुख्यमन्त्रीको कुर्शीमा लैजान सभामुखको समेत पद त्यागेका माओवादी केन्द्रका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त हुनेछन् । उनको भने पद टुंग्गिसकेको छ । सभामुखबाट राजीनामा दिनेबेलामै उनको पद मिलाईएको थियो ।
त्यस्तै कांग्रेसबाट अघिल्लो सरकारका बिना विभागीयमन्त्री बनेका प्रदिपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) कमलप्रसाद जबेगु मन्त्रीमा जाने छन् । तर उनीहरुको मन्त्रालय भने अहिले टुग्गेको छैन ।
प्रदेश मन्त्री बन्न लागेका बाबुराम गौतम रप्रदीपकुमार सुनुवार भने एकै जिल्ला ओखलढुङ्गाका हुन् । सुनुवार ओखलढुङ्गा-१ प्रदेश(१) र गौतम ओखलढुङ्गा-१ प्रदेश(२) बाट निर्वाचित भएका थिए ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा थापालाई प्रदेश प्रमुख खापुङ्ले मंगलबार नियुक्त गरेका थिए ।

















चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा
रौतहटमा अनिश्चितकालीन कर्फ्यु
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया