वर्ल्डलिंककाे नयाँ गेमिङ प्याकेज सार्वजनिक

काठमाडौं । वर्ल्डलिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गरेको छ। इ-स्पोर्टस् समूदायलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले गेमिङ प्याकेज ल्याएको हो।
गेमिङ प्याकेज साउन १८ गते बिहिबार राति ८ बजे भर्चुअल रुपमा सार्वजनिक भएको हो। वर्ल्डलिंकको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेर प्याकेज सार्वजनिक गरेको हो।
मोबाइल गेमिङ समूदायका लागि प्रतिक्षित मानिएको उक्त प्याकेज केहि इ स्पोर्टस् खेलाडिले परिक्षणका रुपमा प्रयोग गर्दै आएका थिए। उनीहरुले उक्त प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी एकदमै न्युन पाएको खुलासा गरेका छन्। उक्त प्याकेज ‘प्रो गेमिङ वाईफाई सिक्स’ राउटरको साथमा उपलब्ध हुने बताइएको छ। जसले गर्दा इ स्पोर्टसमा अहिले देखिएको लेटेन्सीको समस्या सम्बोधन हुने अपेक्षा गरिएको छ।
पब्जीसँगको सहकार्यमा नेपालमै पहिलोपटक यस्तो प्याकेज ल्याईएको हो। नेपालमा मोबाइल गेमिङमा सक्रिय प्रयोगकर्ताको संख्या ४५ लाख हाराहारीमा रहेको छ जसमध्ये ८० प्रतिशतले मोबाइलबाटै गेम खेल्छन् भने १५ प्रतिशतले पिसीको प्रयोग गर्छन् र ५ प्रतिशतले गेमिङ कन्सोलको प्रयोग गर्ने कम्पनीले जनाएको छ ।
















36 days to go for voting: Officers assigned for monitoring election code of conduct
सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति ?
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया