वर्ल्डलिंककाे नयाँ गेमिङ प्याकेज सार्वजनिक

काठमाडौं । वर्ल्डलिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गरेको छ। इ-स्पोर्टस् समूदायलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले गेमिङ प्याकेज ल्याएको हो।
गेमिङ प्याकेज साउन १८ गते बिहिबार राति ८ बजे भर्चुअल रुपमा सार्वजनिक भएको हो। वर्ल्डलिंकको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेर प्याकेज सार्वजनिक गरेको हो।
मोबाइल गेमिङ समूदायका लागि प्रतिक्षित मानिएको उक्त प्याकेज केहि इ स्पोर्टस् खेलाडिले परिक्षणका रुपमा प्रयोग गर्दै आएका थिए। उनीहरुले उक्त प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी एकदमै न्युन पाएको खुलासा गरेका छन्। उक्त प्याकेज ‘प्रो गेमिङ वाईफाई सिक्स’ राउटरको साथमा उपलब्ध हुने बताइएको छ। जसले गर्दा इ स्पोर्टसमा अहिले देखिएको लेटेन्सीको समस्या सम्बोधन हुने अपेक्षा गरिएको छ।
पब्जीसँगको सहकार्यमा नेपालमै पहिलोपटक यस्तो प्याकेज ल्याईएको हो। नेपालमा मोबाइल गेमिङमा सक्रिय प्रयोगकर्ताको संख्या ४५ लाख हाराहारीमा रहेको छ जसमध्ये ८० प्रतिशतले मोबाइलबाटै गेम खेल्छन् भने १५ प्रतिशतले पिसीको प्रयोग गर्छन् र ५ प्रतिशतले गेमिङ कन्सोलको प्रयोग गर्ने कम्पनीले जनाएको छ ।
















फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया