भारतीय सर्वोच्च अदालतले रोक्यो राहुल गान्धीमाथिको सजाय
सुरत अदालतले तोकेको २ वर्ष कैद रोकेपछि सांसद पद पुनर्बहाली

काठमाडौँ । भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएको छ । योसँगै उनको सांसद पद पुनर्बहाली भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
शुक्रबार अदालतले मोदी थर प्रकरणमा उनलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको २ वर्ष कैदको सजाय रोकेको हो ।
सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको बताएको छ । अदालतले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्याउनसमेत आग्रह गरेको छ ।
यसअघि भारतको गुजरात उच्च अदालतले मानहानी मुद्दामा कांग्रेस नेता गान्धीको पुनरावेदन खारेज गरिदिएको थियो । सुरतको एक अदालतबाट दोषी ठहर भएका गान्धीले फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
राहुल गान्धीको पुनरावेदनमा गत मे २ मै गुजरात उच्च अदालतका न्यायाधीश हेमन्त प्रच्छकको इजलासले सुनुवाइ सके पनि फैसला सुरक्षित राखेको थियो ।
सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा एक मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएपछि राहुलको सांसद पद गुमेको थियो । फैसला सुनाएको अदालत नगर तहको हो । गान्धीले त्यसविरुद्ध जिल्ला तहको सेसन कोर्टमा पुनरावेदन गरेका थिए ।
गान्धीलाई सुनाइएको सजाय सुप्रिम कोर्टबाटै रोकिएकाले अब उनको सांसद पद पुनर्बहाली भएको छ ।
भारतमा २ वर्षभन्दा बढी कैद सजाय पाएका सांसदको सदस्यता पद खारेज हुने कानुन छ । सन् २०१९ को चुनावी सभामा ‘सबै चोरको थर मोदी नै किन हुन्छ ?’ भन्दै गरेको भाषणका कारण उनीमाथि मानहानिको मुद्दा हालिएको हो ।
यो सँगै नयाँ नजिर स्थापित भएको पनि भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

















चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा
रौतहटमा अनिश्चितकालीन कर्फ्यु
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया