कस्ताे छ तपाईंकाे आजकाे राशिफल ?

काठमाडाैं । आज साउन २० गते शनिबार । अधिक साउन कृष्ण चतुर्थी। अगस्ट ५ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आज नयाँ काम सुरु गर्ने साेच भए स्थगित गर्नु उचित हुनेछ । परिवारमा कसैको स्वास्थ्य बिग्रन सक्छ। जागिरमा सहकर्मीसँगको कामका कारण वादविवादको स्थिति आउन सक्छ। खर्च बढ्नेछ र पारिवारिक समस्याका कारण मानसिक तनाव महसुस हुनेछ।
वृष- कार्यस्थलमा सफलता मिल्ने सम्भावना छ । सहयोगी साझेदारसँग नयाँ व्यवसाय सुरु गर्न कार्य योजना बन्न सक्छ । घरपरिवारमा श्रीमती र सन्तानसँग समय राम्रो बित्नेछ ।
मिथुन- आज शुभ समाचारले मन खुसी रहनेछ। साथी मार्फत ठूलो संस्थामा काम गर्ने अवसर मिल्नेछ। मौसमी रोगबाट बच्नुहाेला ।
कर्कट- जीवनमा केही परिवर्तन ल्याउने समय छ। आज कुनै विशेष व्यक्तिको सम्पर्कमा आएर रोकिएको काम सुरु हुन सक्छ। अधिकारी वर्गसँग सम्बन्ध राम्रो रहनेछ। परिवारमा कसैको स्वास्थ्य बिग्रन सक्छ।
सिंह-आजको दिन सुखद रहनेछ। यात्रा गए आफ्नो सरसामान र धनको सुरक्षा गर्नु होला अन्यथा नोक्सान हुन सक्छ । परिवारमा आपसी विवादका कारण मानसिक समस्या महसुस हुनेछ।
कन्या- आज व्यापारमा ठूलो लगानी गर्ने योजना बन्न सक्छ। साथै घरजग्गा आदि खरिद गर्ने मन बन्नेछ। मौसमी रोगहरूको चपेटामा पर्न सक्छ। पारिवारिक क्षेत्रमा श्रीमती र सन्तानको हितमा ठूलो निर्णय लिनु पर्नेछ।
तुला- आज नयाँ र ठूला कामको थालनी गर्ने योजना बन्नेछ । जसमा परिवार र साथीभाइको सहयोग प्राप्त हुनेछ। कार्यस्थलमा सफलता मिल्नेछ । बोलीमा संयम राख्नुहोस् र विवादबाट टाढा रहनुहोस्।
वृश्चिक- मन अशान्त रहनेछ। मौसमी रोगका कारण स्वास्थ्यमा समस्या आउनेछ । आम्दानीको क्षेत्रमा आज घाटा बेहोर्नु पर्नेछ । तपाईंका सहकारी साझेदारहरूले तपाईंलाई छोड्न सक्छन्। व्यापार व्यवसायमा आर्थिक संकट देखिनेछ । घरपरिवारमा सम्पत्तिको विवाद हुनेछ।
धनु- आज यात्रामा जाँदा सवारी साधन सावधानीपूर्वक चलाउनु होला अन्यथा चोटपटक लाग्न सक्छ । आज व्यापारमा ठूलो लगानी गर्नु उचित हुने छैन ।
मकर- श्रीमती र सन्तानका लागि ठूलो निर्णय लिनु पर्ने छ । स्वास्थ्यमा ख्याल गर्नुहाेला। साथै पारिवारिक झगडाबाट टाढै रहनुहोला ।
कुम्भ- लामो समयपछि परिवारसँग रमाइलो पल बित्नेछ। परिवारमा चलिरहेको विवादको पनि अन्त्य हुनेछ। आर्थिक लाभ हुनेछ। परिवारमा केही शुभ कार्य हुनसक्छ ।
मीन- आज धार्मिक यात्रामा जान सकिनेछ । कार्यस्थलमा साथीभाइ र परिवारका सदस्यहरूको सहयोग प्राप्त हुनेछ। यात्रा आदि गर्दा आफ्नो सामान र पैसाको सुरक्षा गर्नुहोला। व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । परिवारमा आमाबुवाको स्वास्थ्य बिग्रन सक्छ। पत्नीसँग मनमुटाव बढ्न सक्छ।
















फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया