शनिबार, फागुन ९, २०८२

सुन प्रकरण : महरा बोल्दै बोलेनन्, बर्षमानले छानबिन गर्न गरे आग्रह

मेरोन्यूज २०८० साउन २० गते १६:१९

काठमाडौँ । माओवादी केन्द्रका दुई प्रभावशाली नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुन अनन्तको नाम सुन तस्करी प्रकरणमा जोडिएर प्रचारमा आयो । नौ किलो सुन प्रकरणमा माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र छोरा राहुलको संलग्नता रहेको जोडिएर आयो । उपमहासचिव वर्षमान पुन र उनकी पत्नी पूर्व सभामुख ओनशरी घर्तीको सय क्विन्टल सुन प्रकरणमा छानविनका लागि पक्राउ परेका दावा छिरिङसँग जोडिएर आयो ।

Advertisement
nepal life insurencenepal life insurence

यस प्रकरणले गर्दा सरकारमाथी कांग्रेस र एमालेकै नेताहरुले आफनालाई अनुसन्धानमै जोगाउने तर अरुका लागि मात्र कारवाही प्रक्रिया अगाडी बढाउने काममा लागेको आरोप लगाउन थालेका छन् । यही बेला नेकपा –माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बसिरहेको छ ।

बैठकमा प्रधानमनत्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री र माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष समेत रहेका नारायणकाजी श्रेष्ठले कोही कसैलाई पनि नछोडिने र आफै दोषी देखिएपनि कारवाही भोग्नुपर्ने कडा अभिब्यक्ति दिईसकेका छन् ।

यो प्रकरणमा जोडिएका नेताहरुले पार्टी केन्द्रीय समिति बैठकमा के प्रष्टिकरण देलान् भन्ने आम चासो थियो । तर दुई दिन अगाडी नै बैठकमा धारणा राखेका कृष्णबहादुर महराले यस प्रकरणमा कुनै पनि टिप्पणी समेत गरेनन ।

उनले सुन प्रकरणको चर्चा समेत नगरी आफनो धारणा राखेका थिए । उनले यस बारेमा पार्टी बैठकमा केही बोल्नुपर्ने र प्रष्टिकरण दिनुपर्ने नेताहरुको मत रहेपनि महराले केही बोल्दै नबोली यस विषयलाई टारिदिएका छन् ।

यधपी अर्का नाम जोडिएर आएका वर्षमान पुनले भने बैठकमा यस बारेमा छानविन प्रक्रिया अगाडी बढाउन माग गरेका छन् । उनले ८ वर्ष अगाडी एउटा पारिवारिक कार्यक्रममा भेट भएको र त्यही बेला खिचिएको फोटोलाई आधार बनाएर आफुहरुसँग जोडाएर गरिएको प्रचारमा असहमति जनाएका छन् ।

उनले पार्टी केन्द्रीय समिति बैठकमा यस बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाउन माग गरेका छन् ।
पुनले सुन प्रकरणको छानबिन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । शनिबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले छानबिन प्रक्रिया अगाडी बढाउन आग्रह गरेका हुन् ।


करिब एक सय किलो सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको तस्बिरहरू सार्वजनिक भएका थिए । बैठकमा केन्द्रीय सदस्यहरूले सुन काण्डमा मुछिएका नेताहरूले मिडियामा विज्ञप्ति जारी गरेर नहुने भन्दै सीआईबीमा निवेदन दिनुपर्ने धारणा राखेका थिए । त्यसबारे जवाफ दिँदै पुनले दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार रहेको बताएका थिए ।

प्रतिक्रिया