आइतबार, चैत १५, २०८२

महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतकी देविका नियुक्त

मेरोन्यूज २०८० साउन २१ गते ११:०६

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा भारतीय पूर्व महिला क्रिकेटर देविका पाल्शिकर नियुक्त भएकी छन्।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई आगामी अगस्ट र सेप्टेम्बरमा मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी २० एसिया क्षेत्र छनोटका लागि ब्याटिङ प्रशिक्षकमा रुपमा नियुक्त गरेको हो। क्यानले महिला टोलीका लागि पहिलोपटक विदेशबाट प्रशिक्षक ल्याएको हो।

देविकाले भारतबाट एक टेस्ट र १५ ओडीआई खेलेकी छन्।

भारतीय क्रिकेट बोर्डले गत वर्ष आयोजना गरेको वुमन्स प्रिमियर लिगमा देविकाले मुम्बई इन्डियन्सको टोलीमा ब्याटिङ प्रशिक्षकका रुपमा काम गरेकी थिइन्।

टी २० विश्वकप छनोटका लागि नेपालले यसअघि नै २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ।

विश्वकप टी २० एसिया छनोट अगस्ट ३१ देखि सेम्टेम्बर ९ सम्म मलेसियामा हुनेछ।

नेपाल रहेको समूह ए मा आयोजक मलेसियासँगै बहराइन, भुटान, कतार र यूएई छन्।

प्रतिक्रिया