शुक्रबार, फागुन ८, २०८२

जनप्रतिनिधिहरूको समयमाथि खेलवाड गर्न पाइन्छ, रुलिङ होस् : रवि लामिछाने

मेरोन्यूज २०८० साउन २३ गते १७:०३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनप्रतिनिधिहरूको समयमाथि खेलवाड गर्न नपाइने बताएका छन् । मंगलबार जारी प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै लामिछानेले संसद् बैठक चल्ने समय कुनै अमुक दलका नेताहरूको कुरा मिल्ने र नमिल्नेमा सीमित हुन नहुने बताए ।

Advertisement
nepal life insurencenepal life insurence

उनले तीन जना शीर्ष नेताहरू बसेर जनताका जनप्रतिनिधिको समयमाथि खेलवाड गर्दै संसद् बन्धक बनाएको आरोप लगाए।

‘सदन चल्ने समय एउटा हो भनिसकेपछि त्यो सदन समयमा चल्नुअघि चाहे रात परोस् चाहे बिहान होस्, देखिएका आवश्यक पर्ने दलका नेताहरु अगाडि नै बैठक बसेर सभामुखज्यूमार्फत आएको सदन चल्ने समयमा किन चल्दैन ?,’ लामिछानेले भने।

प्रत्येक दिन सदनमा जनतका प्रतिनिधिहरु आएर घडि हेरेर सदन कहिले खुल्छ भनेर बसिरहेको उनले बताए।

‘तीन जना नेताहरु मिलेर सल्लाह गर्नुपर्ने भए, संसदको समय कहिले सुरु हुन्छ भनेर समय जारी भइसकेपछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुरा मिल्ने, मिल्नुपर्ने कुरा मिलाउने पहिल्यै किन हुँदैन ?,’ लामिछानेले भने, ‘हाम्रो आरोपअनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सकिँदैन ? सदन चल्ने बेलामा नै किन गरिन्छ ?’

उनले सभामुखबाट संसद् चल्ने सूचना टाँस भइसकेपछि सदनमा घन्टी बज्नुपर्नेबारे रुलिङ हुनुपर्ने बताए।

प्रतिक्रिया