शुक्रबार, फागुन ८, २०८२

संसद अवरोधबारे छलफल गर्न देउवाले बोलाए संसदीय दलको समिति बैठक

मेरोन्यूज २०८० साउन २५ गते १२:४५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर जारी राख्न थालेको संसदको अवरोधबारे छलफल गर्न संसदको सबैभन्दा ठूलो दल नेपाली कग्रेसले संसदीय दलको समिति बैठक बोलाएको छ । दल नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो ४ बजे आफ्नै निवासमा समितिको बैठक बोलाएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।

देउवाल समितिको बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् । एमालेले गत साउन २ गते त्रिभूवन विमानस्थल कटेर वाहिरिएको एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरेपछि त्यसबारेमा छानबिनका लागि उच्चस्तरीय छानबिन समिति माग गदै संसदमा अवरोध गरिरहेको छ ।

सत्तापक्षले भने सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान जिम्मा सीआईबीलाई दिएको र त्यसले अदालतमा मुद्दा अयिभोजन गरिसकेपछि चित्त नबुझेमा मात्र समिति बनाउन सकिने तर अहिले प्रहरीलाई नै निर्वाध अनुसन्धान गर्न दिनुपर्ने मत राख्दै आएको छ ।

एमालेको अवरोधका बीच संसद बैठक भोलि शुक्रवारका लागि बोलाइएको छ । साउन महिनामा एमालेको लगातारको अवरोधका कारण संसद बैठक एक दिन पनि विषय प्रवेश गरेर छलफलमा बस्न सकेको छैन ।

एमालेको यही निरन्तरको अवरोधले सार्वभौम संसदमा जनताका प्रतिनिधिहरुले जनताका समस्याबारे बोल्न नपाएको भन्दै कांग्रेसले प्रतिपक्षी दललाई सहमतिमा आउन आग्रह गरिरहेको छ । तर पनि सरकार र प्रतिपक्ष दुवै टसमस नभईरहेका बेला देउवाले संसदीय दलको समितिको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया