बिहीबार, फागुन ७, २०८२

जनमत भोलि सरकारमा जाने, सांसद अनिता मन्त्री बन्दै

मेरोन्यूज २०८० साउन २७ गते ८:५०

काठमाडौं । जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । पार्टीकी समानुपातिक सांसद अनितादेवी साह मन्त्री बन्ने भएकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रधानमन्त्री प्रचण्ड शुक्रवार गृहजिल्ला चितवन गएका छन् । उनी आज पनि उतै बसेर भोली दिउँसो मात्र काठमाडौं फर्किने छन् । त्यसपछि जनमतकी साहलाई सरकारमा सहभागी गराउने तयारी रहेको प्रधानमन्त्रीका स्वकीय सचीव रमेश मल्लले जानकारी दिए ।

अनिताको नाम जनमतले १ महिना अघि नै प्रधानमन्त्रीलाई मन्ती बनाउन दिएको थियो । त्यसयता प्रधानमन्त्री पत्नी शोक , इटली भ्रमण, पार्टीको केन्द्रीय समिति बैठक र प्रमुख प्रतिपक्षी दलको सम्सद अवरोध लगायत कारण जनमतको सरकारमा सहभागिता रोकिएको थियो । अब भोली भने सपथको तयारी हुन लागेको हो । आइतबारका लागि सपथको आवश्यक तयारी गर्न प्रधानमन्त्रीले निर्देशन दिएर उनि शुक्रबार चितवन लागेका हुन् ।

प्रचण्ड मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ ।

प्रधानमन्त्रीले आफ्नै दल माओवादी बाट १ जना मन्त्रीलाई फिर्ता बोलाएर जनमतकी साहलाई सरकारमा सहभागी गराउन लागेका हुन् । उनको मन्त्रालय भने ंटुंङो लागेको छैन । माओवादी बाट अमनलाल मोदी या सुदन किरातीलाई फिर्ता बोलाएर अनितालाई मन्त्रीमा लग्ने चर्चा छ ।

प्रतिक्रिया